राजापुरमै बन्यो १२ शैयाको आइसोलेसन अस्पताल, तीन संक्रमितलाई राखियो

नेपालगन्ज : बर्दियाको राजापुर नगरपालिकाको अमर शहीद दशरथ चन्द आधारभूत माविमा १२ शैयाको आइसोलेसन अस्पताल निर्माण गरिएको छ ।
राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बिहीबार पुष्टि भएका राजापुरका तीन जना संक्रमितलाई सोही आइसोलेसन अस्पतालमा राखेर उपचार सुरु भएकोे बताए । राजापुरका एक चिकित्सक र प्रदेश ५ सरकारले पठाएको एक चिकित्सकसहितले संक्रमतिको उपचार गर्ने व्यवस्था मिलाइएको छ । राजापुर–९ बनियापुरका ३० वर्षीय पुरुष, वडा नं. ७ का ३४ वर्षीय पुरुष र वडा नं. ६ महुवाका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।