कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले

संक्रमित दोब्बर, मृत्यु पनि बढी

नेपालगन्ज : एशियाली मुलुकमा कोरोना भाइरस (कोभिड १९) को सबैभन्दा बढीे संक्रमण भारतमा देखिएको छ ।

संक्रमित संख्या चीनभन्दा भारतमा दोब्बर भएको छ भने मृत्यु पनि भारतमा बढी छ । कोरोना भाइरस सम्वन्धी नियमित सूचना अध्यावधिक गरिरहेको वोल्डोमिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म चीनमा ८२ हजार नौ ९५ जना संक्रमित पुष्टि हुँदा भारतमा एक लाख ७३ हजार पाँच सय ९७ जना संक्रमित पुगेका छन् । चीनभन्दा भारतमा संक्रमितको संख्या झण्डै दोब्बरले बढी हो । त्यस्तै, मृत्यु हुनेको संख्या पनि चीनभन्दा भारतमा नै बढी पुगेको छ । चीनमा चार हजार ६ सय ३३ जनाको मृत्यु हुँदा भारतमा ४ हजार हजार नौ सय ८० जनाको मृत्यु भइसकेको वोल्डोमिटर्सले जनाएको छ ।भारतमा पछिल्लो २४ घण्टामा एकैदिन आठ हजार एक सय ५ जनामा संक्रमण पुष्टि र दुई सय ६९ जनाको मृत्यु भएको थियो । भारतमा एकैदिन संक्रमित र ठूलो संख्यामा मुत्यु भएको यो संख्या हालसम्मकै बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *