लकडाउनले ४४ लाखको धानको बिउ ‘गाउँ’ मै खपत

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका- ७ सत्तीको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनका कारण ४४ लाखको धानको बिउ स्थानीय स्तरमा खपत गरेको छ ।
सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार विगतका वर्ष धान र गहु बिउ कैलाली, कन्चनपुर, बाँके र बर्दिया जिल्लामा बढी खपत हुन्थ्यो । विगतमा कैलालीका किसानले भारतीय बजारबाट किनेको बिउ प्रयोग गर्थे । सहकारीको बिउ कम खपत हुँदा बाहिरी जिल्लामा बजार खोज्नुपथ्र्यो । लकडाउनका कारण धानको बिउ कैलालीमै खपत भएको सहकारी संस्थाका अध्यक्ष शेरसिंह रिजाल बताउँछन् । अध्यक्ष रिजाल भन्छन्, यो वर्ष धानको बिउ आठ सय ७७ क्वीन्टल स्थानीय स्तरमै खपत भएको छ । सहकारीले विगत तीन वर्षदेखि बिज बृदि कार्यक्रम सन्चालन गर्दै आएको छ । धान र गहुँ ग्रेडिंग गर्ने गरेको छ । स्थानिय स्तरका कृषकलाई मल विउविजन किटनाशक औषधीसमेत विक्रि वितरण गर्ने गरेको सहकारीका उपाध्यक्ष कमल चौधरीले बताए । यस आव जेठ पहिलो साता सम्ममा मलखादबाट दुई लाख ७८ हजार दुई सय ५० रुपैयाँ मुनाफा गरेको भने ४९ लाख ५२ हजार बराबरको कारोबार गरेको व्यवस्थापक चौधरीले जानकारी दिए ।
धान र गहुँ बिक्रीबाट ७२ लाख चार हजार आठ सय ७० रुपैयाँ बराबरको कारोबार भएकोमा १६ लाख मुनाफा भएको छ । २०६३ सालमा स्थापना भएको सहकारीमा ६ सय ३२ जना शेयर सदस्य छन् ।