क्यान्सर पीडितलाई भृकुटीनगर टोल विकास समितिद्वारा सवा ३ लाख हस्तान्तरण

नेपालगन्ज : क्यान्सर पीडित विशाल पौडेलको उपचारका लागि नेपालगन्जमा विशाल बचाउन अभियान सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगर घर भइ अध्ययनका लागि अष्ट्रेलिया पुगेका पौडेललाई क्यान्सर रोग लागेपछि टोल विकास समिति उनको उपचारका लागि सहयोग संकलनमा जुटेको हो ।
भृकुटीनगर टोल विकास समितिले पदमबहादुर खड्काको संयोजकत्वमा संकलन गरेको तीन लाख २३ हजार पाँच सय ४० रुपैया समितिका अध्यक्ष सरलाकुमारी विष्टले शनिबार नेपालगन्जमा पीडित पौडेलका बुवा कमलेशकुमार पौडेललाई हस्तान्तरण गरेकी हुन् । समितिले सहयोग संकलन अभियान जारी रहेको जनाएको छ ।