कपिलवस्तुमा एकैदिन ८० सहित देशभर संक्रमित संख्या संख्या १४०१

नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । शनिबार मात्र एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार अपरान्ह आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा ५३ जिल्लामा एक हजार दुई सय ८८ पुरुष र एक सय १३ जना महिला संक्रमित रहेको जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौंको टुकुमा गरिएको परीक्षणमा ७७ र दांगमा गरिएको परीक्षणमा ३ जनासहित कपिलवस्तुमा एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।