२ जना पाँच दिनमै कोरोना जितेर घर फर्के

फोटो : काठमाडौं प्रेस डटकमबाट

नेपालगन्ज  : नेपालमा दुई जना संक्रमितले पाँच पाँच दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । दुबै जना नेपालमा सबैभन्दा छिटो कोरोना जित्ने व्यक्ति भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार अपरान्हको भिडियो पत्रकार सम्मेलनमा काठमाडौंको बुढानिलकण्ठका ३८ वर्षका पुरुष र काठमाडौंकै टोखा नगरपालिका ७ का ४१ वर्षका पुरुषले पाँच पाँच दिनमा कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । शनिबार मात्र देशका विभिन्न स्थानबाट १३ जना निको भएका थिए । देशभर कोरोना निको भएर घर फर्कनेको संख्या दुई सय १९ पुगेको छ । जसमा पुरुष एक सय ७२ र ४७ महिला रहेका छन् ।