सार्कमा कोरोनाका मृतकमध्ये ७० प्रतिशत र संक्रमित ५९ प्रतिशत भारतका (देशको सूचीसहित)

दक्षिण एशियाको भुटान मात्र यस्तो देश हो जहाँ कोरोना संक्रमणबाट कसैको मृृत्यु भएकोे छैन, त्यहाँ संक्रमितको संख्या ४३ छ

नेपालगन्ज : दक्षिण एशियाका ७ देशमा कोरोना भाइरस (कोभिड १९) बाट सात हजार चार सय ६० जनाको मृत्यु भएको छ ।
विश्वव्यापी कोरोना भाइरसको अवस्था अपडेट गर्ने वल्डोमिटर्स डट इन्फोको आइतबार बिहान १० बजेसम्मको रेकर्ड अनुसार सार्कका ८ देशमा देशमा कोरोना संक्रमितको संख्या तीन लाख १८ हजार पुगेको छ ।
सार्कमा कोरोनाबाट संक्रमितको ५९.१३ प्रतिशत र मृतकको ६९.५० प्रतिशत भारतमा मात्र छन् । भारतमा कोरोना संक्रमित एक लाख ८८ हजार पुगेका छन् भने मृतकको संख्या पाँच हजार एक सय ८५ पुगेको छ । दक्षिण एशियाको भुटान मात्र यस्तो देश हो जहाँ कोरोना संक्रमणबाट कसैको मृृत्यु भएकोे छैन, त्यहाँ संक्रमितको संख्या ४३ छ ।