रुकुम घटनाको विषयलाई लिएर बर्दियामा विरोध

बर्दिया: रुकुम पश्चिम चौरजहारीको सोतीमा भएको घटनाको बिषयलाई लिएर आईतबार बर्दियामा पनि विरोध प्रदर्शन गरिएको छ । संयुक्त बिरोध कार्यक्रममा दलित युवा नवराज लगायत उनका साथीहरुको हत्यामा संलग्न दोषिलाई जतिसक्यो चाँडो हदैसम्मको कारवाहिको माग राख्दै अधिकारकर्मीहरुले ¥याली निकालेका छन् । गुलरिया बसपार्क नजिकै रहेको आम बगियाबाट शुरुभएको -याली बसपार्क, बगलामुखि मन्दिर र हुलाक चौक हुदै जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो । अमानविय तबरले दलित युवा लगाएत ६ जनाको हत्यामा संलग्न भएकाहरुलाई कडाभन्दा कडा कारवाहि हुनुपर्नै भन्दै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लाई ज्ञापन पत्र समेत बुझाएका छन् । बर्दियामा रहेका बिभिन्न राजनितिक दलका प्रतिनिधी, दलित अधिकारकर्मी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, विभिन्न संघ संस्थाबाट प्रतिनिध्व भएको विरोध प्रदर्शनमा हत्यामा संलग्न दोषिलाई जतिसक्यो चाँडो कारवाही नभए कडा आन्दोलमा उत्रने दलित अधिकारकर्मी बिष्णु नेपालीले चेतावनी दिएकी छिन् । छिटोभन्दा छिटो घटनाको सत्यतथ्य बाहिर ल्याई पिडितलाई न्याय दिई अपराधमा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउनु पर्नै नेपालीले वताएकि छिन् ।
रुकुममा भएको घटना जघन्य अपराध भएको दलित सेवा संघ बर्दियाका अध्यक्ष ताराबहादुर सुनारले वताएका छन् । यस्तो मानवताबिरोधी घटनाको जति निन्दा गरेपनि कमी हुने सुनारले वताए । यस घटनालाई लिएर बर्दियाका अधिकारकर्मीहरुले पनि समर्थन जनाउदै प्रदर्शनमा उत्रिएको सुनारले वताएका छन् । विभिन्न अधिकार कर्मीले जिल्ला प्रशासन मार्फत दिईएको ज्ञापन पत्र तत्कालै संवन्धित निकाएमा पठाईने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रतिवद्धता जनाएका छन् । विरोधका लागि हिँडेका अधिकारकर्मीहरुलाई केहिबेर प्रहरीले रोक लगाएपछि निर्धारित समयभन्दा केहि बेर पछाडी विरोध प्रदर्शन भएको थियो । यसैघटनाको बिषयलाई लिएर बर्दियाको राजापुर र मधुवन नगरपालिकामा पनि विरोध प्रदर्शन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *