कोरोनाबाट नेपालमा ८ जनाले ज्यान गुमाए

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार अपरान्ह गरेको भिडियो पत्रकार सम्मेलनमा दैलेख जिल्लाको दुल्लुका ३५ वर्षीय पुरुषको शनिबार र बाजुरामा २ वर्षीय बालीका बालिकाको आइतबार बिहान कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
यसअघि नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्र एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक हजार पाँच सय ६७ पुगेको छ । निको भएर घर जानेको संख्या भने दुई सय २० छ ।