टीकापुरको नारायणपुरमा २२ जनाद्वारा रक्तदान

टीकापुर : नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा र नारायणपुर जेसीसको सयुक्त आयोजनामा आइतबार रक्तदान जीवन भएको छ । सो अवसरमा २२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस टीकापुरका सभापति जगदिश्वर पण्डित, टीकापुर नगरपालिाका वडा नं ६ का अध्यक्ष बलिराम चौधरी, नारायणपुर रेडक्रसका सभापति टोप केसीलगायतले रकदान गरेका ब्यक्तिहरु अरुको तुलनामा स्वस्थ भएको प्रमाणित भएकोले सबैले रक्तदान गर्न जरुरी रहेको बताएका थिए ।
कोरोना माहामारीका बेलामा टीकापुर क्षेत्रमा रगत अभावमा कसैको ज्यान नजाओस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको नारायणपुर जेसीजका अध्यक्ष शम्भु कडायले बताए । नारायणपुर जेसीजका पूर्पअध्यक्ष एवं स्वास्कथ्यर्मी हिरा भट्ले रक्तदाताहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।