दुर्घटनाका मृतक र घाइते ३३ जनाकै स्वाब संकलन

नेपालगन्ज : पूर्व–पश्चिम राजमार्गको बाँकेको ठोरीया जंगलमा भएको दुर्घटनाका मृतक र घाइते ३३ जनाकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
नेपालगन्जको भेरी अस्पतालमा ल्याइएका उनीहरुको बिहान स्वाब संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए । भारतबाट आएको हुनाले सबैको कोरोना परीक्षण गरिएको डा. थापाले बताए ।