दुर्घटनाका घाइते र मृतक सबैको कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज : पूर्व–पश्चिम राजमार्गको बाँकेको ठुरियाया जंगलमा भएको दुर्घटनाका मृतक र घाइते ३३ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालगन्जको भेरी अस्पतालको कोरोना प्रयोगशालामा सोमबार बिहान गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले मेरो खुसी डटकमसँगको टेलिफोन सम्पर्कमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए । दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । डा. थापाका अनुसार चार जना गम्भीर घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *