एकैदिन नेपालमा २२६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा उच्च दुई सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोेटाले अपरान्ह भिडियो पत्रकार सम्मेलनमा सोमबार दुई सय १३ पुरुष र १३ महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । सोमबार मात्र २१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कूल कोरोना संक्रमितको संख्या एक हजार सात सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *