सोमबार २१ जिल्लामा कहाँ कति संक्रमित (सूचीसहित)

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेख जिल्लामा सोमबार ४१ जनामा कोरोना पुष्टि भयो । जुन सोमबार एकै जिल्लामा भएको कोरोना संक्रमण देशकै सबैभन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोेटाले सोमबार अपरान्ह भिडियो पत्रकार सम्मेलनमा दुई सय २६ जनामा कोरोना संक्रमण भएकोमा सबैभन्दा बढी दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८ जनामा पुष्टि भएको बताए ६ जिल्लामा भने एक एक जनामा मात्र कोरोना पुष्टि भएको छ ।