सुदूरपश्चिम र प्रदेश २ का सबै जिल्लामा संक्रमित (सूचीसहित)

नेपालगन्ज : नेपालका सात वटै प्रदेशका ५९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । १८ जिल्लामा मात्र कोरोना संक्रमण भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रदेश २ का ८ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार डोटी जिल्लामा एक जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमित नौ वटै जिल्लामा फैलिएको छ ।