बाँके दुर्घटनाका १२ मृतकसहित सबैको पहिचान खुल्यो (नाम ठेगानासहित)

नेपालगन्ज : पूर्वपश्चिम राजमार्गको बाँकेको राप्ती सोनारी २ मुगुवा खोला नजिक ठुरिया खोला नजिक भएको दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ ।
मृतकमध्ये ४ जना दाङका, रोल्पाका ३, सुर्खेतका २, दैलेखका एक र दुई जनाको ठेगाना नखुलेको प्रदेश ५ प्रहरी प्रवक्ता एसएसपी राजकुमार वैदारले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर, चार जनाको सामान्य र अरु सबैको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ ।

मृतकहरु
– दानबहादुर खड्का (चालक) दैलेख, गुराँश गाउँपालिका ४
– पवन भण्डारी (सहचालक) सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ तातापानी
– रितेश कार्की सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ तातापानी
– पूर्णबहादुर पुन दाङ शान्तिनगर गाउँपालिका ३
– सीता पुन दाङ शान्तिनगर गाउँपालिका ३
– हिमान्सु पुन दाङ शान्तिनगर गाउँपालिका ३
– मोहनचन्द्र विक रोल्पा रुन्चेगढी ६ होलेरी
– रामकुमार पुन दाङ राजपुर ६
– भीमबहादुर विक रोल्पा थवांग ३
– नरेन्द्र विक रोल्पा थवाङ ३
– निमबहादुर ओली
– बुद्धिराम विक

घाइतेहरु
गम्भीर घाइते
-देवेन्द्र खड्का सल्यान सिद्धकुमाख ५
– ज्ञानबहादुर बोहोरा सल्यान सिद्धकुमाख ५
-टीका चलाउने सल्यान, शारदा नगरपालिका ६
– देउवीर विक, रोल्पा, सैघा गाउँपालिका दुईखोली
– शिव भण्डारी सल्यान सिद्धकुमाख गाउँपालिका ४

स्वास्थ्य अवस्था मध्यम
– तेजबहादुर बुढाथोकी सल्यान सिद्धकुमाख गाउँपालिका ५ दह
– ज्ञानबहादुर बोहोरा सल्यान सिद्धकुमाख गाउँपालिका ५
– लोकेश घर्ती सल्यान सिद्धकुमाख गाउँपालिका ४
– धनबहादुर बोहोरा, सल्यान छापडाँडा
– देवबहादुर बुढाथोकी सल्यान कुपिण्डे गाउँपालिका ६ घागडि झर्कोट
– विष्णु गिरी दाङ तुलसीपुर उपमहानगरपालिका २
– नरबहादुर विक रोल्पा सैघा गाउँपालिका दुईखोली
– दिवबहादुर विक रोल्पा थवाङ
– भरत थापा दाङ गढुवा गाउँपालिका ६ मानपुर
– जीवन घर्ती दाङ राजपुर गाउँपालिका २
– दीपेश चौधरी दाङ राजपुर गाउँपालिका २

स्वास्थ्य अवस्था सामान्य
– वीरेन्द्र परियार रोल्पा त्रिवेणी गाउँपालिका ७ तीला
– सुनिल परियार रोल्पा त्रिवेणी गाउँपालिका ७ तीला
– पुरन परियार रोल्पा त्रिवेणी गाउँपालिका ७ तीला
– मेघराज केसी दाङ धर्ना गाउँपालिका ४