कोरोनाबाट दोलखाका ७६ वर्षका वृृद्धको मृत्यु, मृतककोे संख्या ९ पुग्यो

नेपालगन्ज : कोरोनाबाट दोलखाका ७६ वर्षका वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका हुन् । उनको १५ जेठमा स्वाब संकलन गरिएको थियो । उनीसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको मन्त्रालयले जनाएको छ ।