कपिलवस्तुका ६९ सहित देशभर २०१ नयाँ संक्रमित

नेपालगन्ज : प्रदेश ५ को कपिलवस्तुमा एकैदिन ६९ जनासहित बुधबार एकैदिन दुई सय एक जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बुधबार एक सय ७९ पुरुष र २२ महिलामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या भने दुई हजार तीन सय पुगेको छ । जसमा एक सय ७० जना महिला छन् ।