बाँकेमा कोरोना निको हुने ६० प्रतिशत

कोरोना मुक्त भयो नरैनापुर, ११८ संक्रमितमध्ये सबै कोरोना जितेर घर फर्के
कोरोना जित्ने पत्रकार र नर्सको जोडी । फाइल फोटो

नेपालगन्ज : बाँकेमा कोरोना जितेर घर फर्कने ६० प्रतिशत पुगेका छन् ।

जिल्लामा दिनदिनै कोरोना जितेर घर फर्कने बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार बिहानसम्म जिल्लामा कूल संक्रमित तीन सय २५ रहेकोमा एक सय ९४ जना घर फर्केका छन् । जुन कूल संक्रमितको ५९.६९ प्रतिशत हो । बाँकेको नरैनापुर भने कोरोना मुक्त भएको छ । जहाँ एक सय १८ जना संक्रमित रहेकोमा शुक्रबार रातिसम्म सबै निको भएर घर फर्किसकेका छन् ।