गुल्मीमा कोरोनाबाट दोस्रो व्यक्तिको निधन

नेपालगन्ज : प्रदेश ५ को गुल्मी जिल्लामा कोरोनाबाट दोस्रो व्यक्तिको निधन भएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार कोरोना रिपोर्ट पोजेटिभ आएर रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसन उपचार गराइरहेका धुर्कोट गाउँपालिका–४ जैजिथोकका ३६ वर्षीय युवाको मृत्यु शनिबार राति मृत्यु भएको हो । उनलाई क्यान्सर रोग थियो ।
उनको शवलाई व्यवस्थापन गरिएको छ । उनी भारतबाट आएका ती यूवाको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि ८ जेठमा मदाने गाउँपालिका ६ मा एक जना ४१ वर्षका शिक्षकको कोरोनाबाट मृत्यु भएको थियो । गुल्मीमा कोरोनाबाट मृत्यु भएका दुई जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । शनिबार मात्रै कोरोनाबाट पर्सा र बारामा दुई जनाको मृत्यु भएको थियो ।