नेपालमा कोरोनाबाट मृत्यु ०.३२ प्रतिशत

कूल संक्रमितमध्ये निको हुने भने १७ प्रतिशत, नडराउन, सर्तक रहन र सुरक्षाको विधि अवलम्वन गर्दै भौतिक दुरी कायम गरेर कोरोनाबाट जोगिन स्वास्थ्य विशेषज्ञको सुझाव

नेपालगन्ज : नेपालमा कोरोनाबाट मृत्युदर एक प्रतिशत पनि छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार रातिसम्म देशभर कोरोनाबाट १९ जनाको मृत्युु पुष्टि गरेका छ । जब कि देशभरी कोरोना संक्रमितको संख्या भने पाँच हजार सात सय ६० जना पुगेको छ । यसको मृत्यु प्रतिशत ०.३२ प्रतिशत मात्र हुन आउँछ । कोरोना निको भएर घर फर्कने दर भने बढ्दो छ । देशभर ९ सय ४७ जना कोरोना जितेर घर फर्किसकेका छन् । निको हुने दर भने १६.९० प्रतिशत रहेको छ ।
नेपालमा कोरोना मृत्युदर निकै न्यून भएकाले स्वास्थ्य विशेषज्ञले नडराउन, सर्तक रहन र सुरक्षाको विधि अवलम्वन गर्दै भौतिक दुरी कायम गरेर कोरोनाबाट जोगिन सुझाव दिएका छन् ।