विश्वमा कोरोना मृत्युदर ५.४६% (देशसूची)

नेपालगन्ज : विश्वमा कोरोना भाइरस (कोभिड १९) महामारीबाट साढे ५ प्रतिशत संक्रमितको मात्र मृत्यु भएको छ ।
विश्वभरको कोरोना रेकर्ड अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स् डट इन्फोको सोमबार बिहान १०ः३० बजेसम्मको तथ्याङ्क अनुसार विश्वभर कूल संक्रमित ७९ लाख ७० हजार एक सय ५१ रहेकोमा चार लाख ३५ हजार चार सय ९६ जनाको मृत्यु भएको छ । जुन कूल संक्रतिको ५.४६ प्रतिशत मात्र हो । विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक रहेको अमेरिकामा समेत ५.४५ प्रतिशत मात्र मृत्युदर देखिन्छ । कम संक्रमित भए पनि धेरै मृत्युदर हुने देशमा भने फ्रान्स छ । जहाँ १८.७० प्रतिशत कोरोनाबाट मृत्युदर छ । दक्षिणी छिमेकी जिल्ला भारतमा भने कोरोना मृत्युदर २.८५ प्रतिशत छ ।