बलात्कारीलाई कडा कारबाही माग

नेपालगन्ज : कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा महिलामाथि सामूहिक बलात्कार गर्नेमाथि कडा कारबाही गर्न माग गर्दै चौतर्फी दवाब बढेको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको नारी एकता शक्ति केन्द्रले सोमबार विज्ञप्ती जारी गरेर घटना लज्जास्पद र निन्दनीय भएको भन्दै भत्र्सना गरेको छ । संस्थाका अध्यक्ष मेनका पोखरेल र महासचिव विना भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘महिलाहरुलाई हिंसाबाट बचाउन घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं साथै क्वारेन्टाइनस्थललाई थप व्यवस्थित र महिलामैत्री बनाउन अनुरोध गर्दछौं ।’ ३१ जेठमा महिलामाथि कैलाली जिल्लाको लम्की चुहा नगरपालिका १ को शहीद स्मृति माविको क्वारेन्टाइनमा ३१ वर्षीया महिलामाथि क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकबाट सामूहिक बलात्कार भएको थियो ।