बर्दियाका युवाहरुद्वारा गुलरियामा विरोध प्रदर्शन


विष्णु अधिकारी । बर्दिया

सरकारले कोरोना नियन्त्रणको नाममा बेथिती गरेको भन्दै बर्दियाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । कोरोना संक्रमण बढ्दै जाँदा पिसिआर परिक्षणको दायरा नबढाई अविश्वसनीय मानिएको आर.डि.टी. परिक्षणलाई नै जोड दिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन । उनीहरुले परिक्षणको दायरा बढाई सरकार अघि बढ्नु पर्ने बताउँदै कोरोना नियन्त्रणको नाममा सरकारले १० अर्बको हिसाब किताब चुस्त र दुरुस्त रुपमा जनता सामु पेश गर्न माग गरेका छन् ।
विरोध प्रर्दशनकाक्रममा गुलरिया नगरपालिका वडा नं. ७ स्थित बसपार्क नजिक रहेको आप बगियाबाट निस्किएको ¥यालीले गुलरिया बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाए थिए । ज्ञापन पत्रमा क्वारेन्टाईन आफैमा कोरोनाको केन्द्र विन्दु बन्न पुगेकाले यसको गुणस्तरमा सुधार गर्नुपर्ने, स्वदेश तथा विदेशका अलपत्र परेका, रोजगार गुमाएका र स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई सहुलियत दरमा यथाशिघ्र उद्दार गरी उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारले हालै सार्वजनिक गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्शामा मात्र सिमित नगरी गुमेको भूमि फिर्ता ल्याउन पहलकदमी चाडै अघि बढाउनुपर्ने मागहरु समेटीएको आन्दोलनमा सहभागि युवा खुमानन्द चौधरीले बताए । उनले एमसिसी परियोजना खारेज गर्न सरकार सँग अनुरोध गर्दै यदि सरकारले युवाहरुको मागको वेवास्ता गरेमा कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिए । ज्ञापन पत्र बुझाए पश्चात प्रदर्शनमा सहभागि युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी राष्ट्रिय गान गाएका थिए ।