नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५८६ संक्रमित फेला

नेपालगन्ज : नेपालमा २४ घण्टामा सबैभन्दा उच्च ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जिल्लाका ४० महिला र पाँच सय ४६ पुरुषमा कोरोना पुष्टि भएको हो । देशका ७३ जिल्लामा कोरोना संक्रमितको संख्या भने ७ हजार एक सय ७७ पुगेको छ । जसमा महिलाको संख्या पाँच सय ३९ छ । कोरोनाबाट २० जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार एक सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।