कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको पनि बाँकेमा अन्त्येष्टि

कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको शव व्यवस्थापन गरिँदै । फोटो : रामबहादुर लिम्बु कुरुम्वाङको फेसबुकबाट

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको बिहीबार बाँकेमै अन्त्येष्टि गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार ढकेरीभन्दा पूर्वको सामुदायिक वनमा उनको शव व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गर्न पनि स्थानीयको विरोध हुन थालेको छ । मंगलबार राति कैलाली लम्की चुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको बुधबार मात्र कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । उनी ३१ जेठमा अस्पतालमा भर्ना भएर आइसीयुमा उपचार भइरहेको थियो । बाँकको बैजनाथ गाउँपालिकाकी महिलाको बुधबार मानखोलाको किनारको जंगलमा स्वाब व्यवस्थापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *