बढैयातालमा ४९ सहित बर्दियामा १५१ संक्रमित (सूचीसहित)

मुरली गोडिया । गुलरिया
बर्दिया जिल्लाका ८ वटा स्थानीय तहमा एक सय ५१ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ । जसमा एक सय ३७ पुरुष र १४ जना महिला संक्रमित छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीका अनुसार जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित बढैयाताल गाउँपालिकामा ४९ जना छन् । गुलरिया नगरपालिकामा २६ जना, मधुवन नगरपालिकामा २८ जना, बाँसगढी नगरपालिकामा २० जना, राजापुर नगरपालिकामा १५ जना, बारबर्दिया नगरपालिकामा ८ जना, ठाकुरबाबा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । आठ ओटै स्थानिय तह मध्ये सवै भन्दा कम संक्रमण गेरुवा गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । गेरुवामा शुक्रबार कोरोना पुष्टि भएको हो ।
कोरोना निको भएर घर फर्किनेको संख्या १३ छ भने एक सय ३८ जना आइसोलेसनमा छन् । जिल्लाका आठ ओटै स्थानीय तहमा एक सय ५० क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा बर्दियामा हालसम्म दुई हजार दुई सय ५१ जना विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका छन् । जिल्ला भरिमा १० हजार पाँच सय ३३ जनाको आरडीटी विधिमार्फत परीक्षण गरिएको छ भने दुई हजार ७ सय २० जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ । पाँच सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।