राष्ट्रिय वक्तृत्वकलामा बर्दियाकी सुवेदी प्रथम

प्रश्ना सुवेदी

मुरली गोडिया । गुलरिया
राष्ट्रव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा बर्दियाकी प्रश्ना सुवेदी प्रथम भएकी छिन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको आयोजनामा आइतबार सम्पन्न ‘विभेदरहित समाजको निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा गराइएको राष्ट्रिय वत्तृत्वकलामा गुलरियाको बंंगलामुखी राधाकृष्ण थारु माविकी विद्यार्थी सुवेदी प्रथम भएकी हुन् । प्रतियोगितामा दमकडा मावि तानसेनका सन्दीप थापा दोस्रो र अमरसिंह नमूना मावि कास्कीकी अपेक्षा अधिकारी तेस्रो भएका थिए । प्रतियोगिताका मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार प्रदान गरिएको थियो । गत जेठ २२ गतेदेखि शुरु भइ असार ७ गतेसम्म जुम प्रविधिको प्रयोग गर्दै सञ्चानल गरिएको अनलाइन वक्तृत्वकला प्रतियोगितामा देशभरीबाट ९८ जना अडिसनमा सहभागी भएका थिए ।