नरैनापुरलाई पशुपालन पकेट क्षेत्र बनाइने

प्रदेशसभा सदस्य कृष्णा केसी नमूना

नेपालगन्ज : प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बाँकेको नरैनापुरमा कृषिको आधुनिकीकरण र व्यवसायिक बनाउनु पर्ने बताएकी छन् ।
नरैनापुर ६ कोहलाजमुनी बाख्रा स्मार्ट गाउँमा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सांसद नमूनाले गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारबाट आफूले पहल गर्ने बताइन् ।

उनले भनिन्, बाख्रा स्मार्ट गाउँ कार्यक्रममार्फत पशुपालनको नमुना पकेट क्षेत्र बनाउन सुरुवात भइसकेको छ । प्रदेश सरकार पशु स्मार्ट गाउँ कार्यक्रम अनुसार प्राविधिक व्यवस्थापनसहित ५ वर्ष सम्म ६० लाख रुपैया प्रति वर्षका दरले लगानी हुने कार्यक्रमले नरैनापुर गाउँपालिकाको नमुना बाख्रापालन हुने, कृषकको आयआर्जन बढने ,कृषिको व्यावसायिककरण भइ पशुपालनमा नयाँ आयाम थपिने बिश्वास ब्यक्त गरिन् । कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले एक समृद्ध ,सबल र विकसित गाउँपालिका बनाउने अठोट व्यक्त गरे ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह । फोटो सौजन्य:सूर्य प्रकाश घर्ती मगर