कोरोना धेरै हुनेमा १५औं जिल्ला बाँके

नेपालगन्ज : बाँके जिल्लामा कोरोना संक्रमित घट्दो दरमा छ ।
कोरोना नेपाल डट लाइभको शुक्रबार बिहानसम्मको रेकर्ड अनुसार देशका धेरै कोरोना संक्रमित भएको जिल्लाको सूचीमा १५ औं स्थानमा बाँके छ । कुनै बेला नेपालमैै सबैभन्दा बढी कोरोना संक्रमितको सूचीमा रहेको बाँकेलाई कणाली र सुदूरपश्चिम प्रदेशका धेरै जिल्लाले उछिनेका छन्् । बाँकेमा अहिले तीन सय ८१ जना संक्रमित छन् । तीन सय ६१ जना निकोे भएका र २० जना मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोनाबाट २ जनाको ज्यान गएको छ । नेपालमा सबैभन्दा बढी संक्रमित रौतहट जिल्लामा एक हजार चार सय ६१ जना छन् । दोस्रो नम्बरमा कैलाली (९०८) र तेस्रोमा दैलेख (८०७) संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *