बाँके निकुन्जमा प्रकृतिमा आधारित पर्यटन परियोजना

बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी । फोटो : मेरो खुसी

नेपालगन्ज : सरकारले बाँके राष्ट्रिय निकुन्जमा प्रकृतिमा आधारित पर्यटन परियोजना सन्चालन गर्ने भएको छ ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पर्यटकीय पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तगर्त परियोजना सन्चालन हुन लागेको हो ।
‘आधिकारिक रुपमा कार्यक्रमबारे विस्तृत जानकारी नआए पनि २०७७/०७८ देखि प्रकृतिमा आधारित परियोजना सन्चालन गरिने जानकारी पाएको छु’ उनले भने ‘सम्भावना भएर ओझेलमा परेको निकुन्जको स्तरोन्नति गर्न कार्यक्रमले मद्दत पुग्नेछ ।’
कार्यक्रम अन्र्तगत बाँकेमा पर्यापर्यटन सम्बन्धी मचान निर्माण, बाटो मर्मत, अगैयामा ¥याफ्टिङ सन्चालन, भ्यु टावर निर्माणलगायत प्रचारप्रसारका विभिन्न कार्यक्रम सन्चालन हुने भएका छन् ।
वन तथा वातावरण मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष ०७७/७८ मा परियोजना सञ्चालन हुनेछ । बाँके, खप्तड राष्ट्रिय निकुञ्जलगायत देशका २० वटा संरक्षित क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्य अनुसार करिव सात अर्ब रुपैयाँ लागतको परियोजना सन्चालन हुनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार संरक्षित क्षेत्रमध्ये सबैभन्दा कम पर्यटक आउने क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज हो ।