नेपालमा ६ जिल्ला कोरोना संक्रमित मुक्त

देशभर संक्रमित १६ हजार ६४९, कोरोना जितेर घर फर्कने ८ हजार ११ र कोरोनाबाट कूल मृत्यु ३५

नेपालगन्ज : नेपालमा आधा दर्जन जिल्ला कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार देशका धनकुटा, भोजपुर, सोलेखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला कोरोना संक्रमित मुक्त भएका हुन् ।
धनकुटामा ९, भोजपु्रमा ६, हुम्लामा २, सोलुखुम्बु, मनाङ र मुस्ताङमा एक एक जना कोरोना संक्रमित रहेका थिए । शुक्रबार थप एक सय १८ जनासहित नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । २४ घण्टामा एक सय २० जना कोरोना निको भएर घर फर्केका छन् । योसँगै देशमा कोरोना जित्नेको संख्या ८ हजार ११ पुगेको छ भने ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *