७ संक्रमित निकोे भए, थप ६ मा कोरोना पुष्टि

नेपालगन्ज :  बाँके जिल्लामा बुधबार कोरोना निको हुने र नयाँ संक्रमित हाराहारीमै भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार सात जना कोरोना जितेर घर फर्केका थिए । खजुरा गाउँपालिकामा ४ महिलासहित ५ जना र नेपालगन्ज उपमहानगरपालिका २१ मा एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । बाँके जिल्लामा कोरोना संक्रमितको कूल संख्या तीन सय ८१ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या तीन सय ६१ रहेको छ । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा १८ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *