बाँके-बर्दियाका स्थानीय तहमा ९२ करोड बेरुजु

बर्दियामा कूल बजेटको झन्डै ५ प्रतिशत र बाँकेमा झन्डै ३ प्रतिशत रकम बेरुजु महालेखा प्रतिवेदनमा उल्लेख

नेपालगन्ज : बाँके र बर्दियाका १६ स्थानीय तहमा ९२ करोड रुपैयाँ बेरुजु भएको छ ।
महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५७ औैं प्रतिवेदन अनुसार बर्दियाका स्थानीय तहमा ४७ करोड र बाँकेका स्थानीय तहमा ४५ करोड रुपैयाँ बेरुजु देखाएको हो । बर्दियाका ८ स्थानीय तहमा कुल ९ अर्ब ४३ करोड ४३ लाख ६६ हजार रुपैयाँ बराबर रकमको लेखा परीक्षण हुँदा ४७ करोड १५ लाख ५२ हजार रुपैयाँ बेरुजु भएको महालेखाले उल्लेख गरेको छ । त्यस्तै, बाँकेका ८ स्थानीय तहमा १३ अर्ब ३१ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा ४५ करोड १६ लाख ८१ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।