सरकारद्वारा ४ महिना लामो लकडाउन अन्त्य

File Photo

नेपालगन्ज : नेपाल सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको संघीय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको खबर अन्नपूर्ण पोस्ट् डटकमले प्रकाशित गरेको छ ।
सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको छ तर होटलमा भोज र पार्टी गर्न भने पाइने छैन । त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो । भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।