विश्वमा कोरोना संक्रमित १ करोड ५० लाख नाघ्यो

नेपालगन्ज : विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघेको छ ।
कोेरोना रेकर्ड अपडेट गर्ने अनलाइन वल्र्डोमिटर्स् डट इन्फोको बुधबार बिहान ९ बजेसम्मको रेकर्ड अनुसार विश्वभर एक करोड ५० लाख ९३ हजार संक्रमित भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ६ लाख १९ हजार चार सय ६७ रहेको छ ।