बाँकेमा थप ३ जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा बुधबार थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीया महिला, राप्ती सोनारी गाउँपालिका–२ का २० वर्षका पुरुष, राप्ती सोनारी–८ का ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । बाँके जिल्लाको आइसोलेसनमा खजुराका ११, नेपालगन्जका ४, राप्तीसोनारीका ५, कोहलपुर र बैजनाथका २/२ जना गरी २६ जना उपचारमा छन् । संक्रमित ३ महिला र २३ पुरुष हुन् । जिल्लाभरी कोरोना संक्रमितको संख्या भने तीन सय ९३ पुगेको छ । कोरोना निको भएर जाने संख्या भने तीन सय ६८ रहेको छ । नरैनापुर ५ का २५ वर्षका युवा र बैजनाथ–६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।