मध्यपश्चिम पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना

मध्यपश्चिम पानी उद्योगकम अनुगमन टोली । फोटो : देवीलाल चौलागाई

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका-५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना .गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइमा रहेको अनुगमन टोलीले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि जरिवाना गरेको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताए । टोलीले पानीको गुणस्तर सुधार गरि पुनःपरीक्षण गराई प्रतिवेदन पेश गर्न समेत उद्योगका सन्चालकलाई निर्देशन दिइएको छ ।