बाँकेमा कोरोना संक्रमितको संख्या ४०० पुग्यो

नेपालगन्ज : बाँके जिल्लामा कोरोना संक्रमितको संख्या चार सय पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोेरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबार नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुई दुई जना गरी चार जनामा कोरोना संक्रमण भएसँगै जिल्लामा संक्रमितको संख्या चार सय पुगेको हो । आइसोलेसनमा भने २२ पुरुष र ६ महिला गरी २८ जना मात्र उपचारमा रहेका छन् ।