बर्दियाका ८६% संक्रमित निको भए (तह सूची)

गुलरिया : बर्दिया जिल्लामा ८६ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार शनिबार बिहानसम्म जिल्लाका दुई सय २६ संक्रमितमध्ये एक सय ९४ निको भएर घर फर्केका छन् । कोरोना जित्नेको संख्या कूल संक्रमितमध्ये ८५.८४ प्रतिशत हो । जिल्लामा अहिले ३२ जना संक्रमित मात्र उपचारमा रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी संक्रमित बढैयाताल गाउँपालिकामा ६० जना रहेका छन् । गाउँपालिकाबाट ५८ जना निको भइसकेका छन् भने २ जना उपचारमा छन् । आइसोलेसनमा सबैभन्दा बढी संक्रमित ठाकुरबाबा नगरपालिकाका १४ जना रहेका छन् । यो नगरपालिकामा १० जना निको भएर घर फर्किसकेका छन् । बाँसगढी नगरपालिका भने कोरोना मुक्त भएको छ । नगरका २१ संक्रमित सबै निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।