त्रिभुवन चोकका मिठाइ पसलेलाई कोरोना !

८ साउनमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदैँ । फोटो : सिराज खानको फेसबुकबाट

नेपालगन्ज :  बाँकेका एक जना मिठाइ पसललेलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्जको ८ साउनमा त्रिभुवन चोकमा ज्याला मजदुरी गर्नेहरुलाई लक्षित गरी एक सय ३० जनाको स्वाब परीक्षण गर्दा नेपालगन्ज ११ घर भएका ३९ वर्षका मिठाइ पसलेलाई कोरोना देखिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले मिठाइ पसले नेपालगन्जको त्रिभुवन चोकका हुन् ।
उनीसँगै स्वाब संकलन गरिएका आन्तरिक राजस्व कार्यालय बाँकेमा कार्यरत जुम्ला घर भएका एक जना शाखा अधिकृत र बर्दियाको बाँसगढी नगरपालिका ४ घर भएका मजदुरमा पनि कोरोना पुष्टि भएको छ । शनिबार पुष्टि भएका तीनसँगै बाँकेमा कोरोना संक्रमितको संख्या चार सय तीन पुगेको छ । जिल्लाका आइसोलेसनमा भने २९ जनाको उपचार भइरहेको छ ।