कोरोना संक्रमितको मिठाइ पसल बन्द तर त्रिभुवन चोकमा सयौंको भीँड उस्तै (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
शनिबार नेपालगन्ज उपमहानगरपालिकाको मुटु त्रिभुवन चोकमा एक जना मिठाइ पसलेसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । अर्का संक्रमित बर्दियाको बाँसगढीबाट ज्याला मजदुरीको काम खोज्ने व्यक्ति थिए । तीन तीन जनामा कोरोना पुष्टि भएको त्रिभुवन चोकको पछिल्लो अवस्था बुझ्न आइतबार बिहान ७ बजे मेरो खुसी टिम त्रिभुवन चोक पुगेको थियो । सो क्षेत्रमा कोरोना संक्रमणको खबर सबैमा सन्सनी फैलिएको पाइयो तर सावधानी शून्य । कोरोना पुष्टि भइसक्दा पनि त्रिभुवन चोकमा संक्रमित भेटिएको मिठाइ पसल राति अबेरसम्म खुल्लै थियो । बिहानदेखि भने बन्द छ । चोकमा कामको खोजीका लागि आएका व्यक्तिहरु बिना मास्क नै सयौंको संख्यामा मेला लागे झैं थिए । नयाँ मानिस देख्दा उनीहरु झुम्मिन्थे ।