कारागारका थुनुवा, प्रहरीसहित ५ ले जिते कोरोना

नेपालगन्ज : बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनबाट बाँके कारागारका थुनुवा र प्रहरीसहित बिहीबार थप ५ जनाले कोरोना जितेका छन् । डिस्चार्ज हुनेमा ३ जना बाँकेका, एक एक जना बर्दिया र सुर्खेतका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुने नेपालगन्ज ६ का २८ वर्षका पुरुष युवा बाँके कारागारका थुनुवा र सुर्खेतको गुर्भाकोट ६ का ३० वर्षका पुरुष प्रहरी हुन् । बाँकेका आइसोलेसनमा अब २४ जना छन् । तीमध्ये एक जना जुम्ला र अर्को प्युठानका हुन् । जिल्लामा कूल संक्रमितको संख्या भने ४०७ पुगेको छ । कोरोना जितेर निको हुने भने तीन सय ८१ जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *