आन्तरिक राजस्वका ४ कर्मचारी र परिवारका ५ सदस्यसहित थप ९ जनामा कोरोना

नेपालगन्ज : आन्तरिक राजस्व कार्यालयका थप ४ जना कर्मचारी र परिवारका ५ सदस्यसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आन्तरिक राजस्व कार्यालय परिसरमा संकलन गरिएका स्वाबबाट बिहीबार बिहान थप ११ जनामा कोेरोना संक्रमण पुष्टि भएको हो । यीमध्ये एक जना नायब सुब्बाको यसअघि नै कोरोना पुष्टि भइसकेको छ । गत शनिबार एक जना शाखा अधिकृतमा पनि कोरोना भएको थियो ।
आन्तरिक राजस्जवमा कूल ११ जना संक्रमित भएकोमा ६ जना कर्र्मचारी र ५ जना परिवारका सदस्य हुन् । कार्यालय स्रोतका अनुसार पतिपत्नी दुबैलाई कोरोना भएको छैन । संक्रमण भएका पुरुषका पत्नीलाई कोरोना भएको छैन । भने संक्रमित पत्नीका पतिलाई पनि कोरोना देखिएको छैन ।
शनिबार एक जना शाखा अधिकृतलाई कोरोना संक्रमण भएपछि आइतबार आन्तरिक राजस्व कार्यालय परिसरमा ५४ जना कर्मचारी र परिवारका सदस्यको स्वाब संकलन गरिएको थियो । १० जना आन्तरिक राजस्व बाहेकका व्यक्तिको स्वाब संकलन भएको थियो ।