समुदायस्तरमा संक्रमण फैलिएपछि बाँकेमा आईतबारदेखि पुनः लकडाउन

नेपालगन्ज: बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि आईतबारदेखि पुनः लकडाउन गरिने भएको छ । विहिबार एकैदिन २७ जनामा समुदायस्तरमै कोरोना देखिएपछि जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले बाँकेमा आईतवार देखि ३ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले संक्रमणको जोखिम बढेकोले लकडाउनमा कडाई गरीने बताए । बाँकेमा हालसम्म कुल संक्रमितको संख्या ४ सय ३४ पुगेको छ जसमध्य हाल ५१ जना आईशोलेशनमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *