राजापुरमा यूनिकद्धारा १९ लाख बराबरको कृषि यन्त्र सहयोग

शक्ति परियार, राजापुर : कृषि क्षेत्रको पर्वद्धनकालागी युनिक नेपाल बर्दियाले एक कृषक समुहलाई १९ लाख बरावरको कृषि यन्त्र सहयोग गरेको छ । कृषि क्षेत्रमा युनिकको लगानी कार्यक्रम अन्तगत सरस्वती आई पि एम कृषक समूह राजापुर न.पा. २ बर्गदही बर्दियालाई १९ लाख बरावरको कृषि यन्त्र ट्रेक्टर, ट्राली, रोटाभेटर, हैरा सहयोग गरेको हो ।

युनिक नेपालका संरक्षक एबम भुमिसुधार तथा ब्यबस्था पुर्ब मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले कृषि यन्त्र हस्तान्तरण गर्नुभयो । सहयोग कार्यक्रममा युनिक नेपालका अध्यक्ष प्रीम बहादुर थारु, महासचिव महादेव रत्गैया कार्यसमितिका सम्पुर्ण सदस्यहरू, आजिबन लगाएत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *