आन्तरिक राजस्वका थप एक कर्मचारीलाई कोरोना

नेपालगन्ज :  आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अर्को एक जना कर्मचारीलाई पनि कोरोना देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा बिहीबार दिउँसो गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रणम पुष्टि भएकोमा ३५ वर्षका पुरुष आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारी हुन् । उनको घर घोराही–१८ हो । योसँगै आन्तरिक राजस्व कार्यालयमा कर्मचारी र उनका परिवारसमेत गरी १२ जनामा कोरोना संक्रमण भएको छ । त्यसैगरी बिहीबार संक्रमण पुुष्टि भएका २ जनामध्ये नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका एक जना बिरामी र बाँकेको राप्ती सोनारी–७ का २३ वर्षका पुरुष छन् ।