नेपालमा लकडाउन अन्त्यपछि कोरोना संक्रमण बढ्यो : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालगन्ज : नेपालमा लकडाउन अन्त्य गरेपछि कोरोना संक्रमण बढ्दो क्रममा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा दिइएकोे जानकारी अनुसार लकडाउन अगाडिका ११ र लकडाउन अन्त्यपछिका ११ दिनको संक्रमणको तथ्याङ्क विश्लेषण गर्दा कोरोना संक्रमण बढेको हो । लकडाउन अन्त्य अघिका ११ दिनमा एक हजार तीन सय ४५ जना संक्रमित रहेकोमा साउन ७ गतेदेखि १७ सम्मका ११ दिनमा दुई हजार ९२ जनामा कोराना संक्रमण पाइएको छ । लकडाउन अन्त्य भइसकेपछि शून्य दशमलव ८ प्रतिशतले संक्रमित बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *