नेपालका ७२% संक्रमितले कोरोना जिते, प्रदेश ५ मा कोरोना निको हुने सबैभन्दा बढी (सूचीसहित)

नेपालगन्ज : नेपालमा ७२ प्रतिशत संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबार प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार देशभर कूल २० हजार ८६ जना संक्रमित रहेकोमा १४ हजार ४ सय ९२ जना निको भएका छन् । जुन कूूल संक्रमितको ७२.१४ प्रतिशत हो ।
देशका प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा निको हुने संक्रमितको संख्या तीन हजार नाघेको छ । सबैभन्दा बढी कोरोना निको हुने प्रदेश ५ मा तीन हजार ९ सय ७१ जना छन् । सबैभन्दा कम प्रदेश १ मा ८ सय ५६ जना संक्रमित निको भएका छन् ।