कोरोनाबाट उत्तर प्रदेशका मन्त्री कमल रानीको निधन

नेपालगन्ज : भारतको उत्तर प्रदेश सरकारका प्राविधिक शिक्षा मन्त्री (क्याबिनेट मन्त्री) कमल रानी वरुणको कोरोनाबाट आइतबार निधन भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक ट्वीट गर्दै मन्त्री वरुणको निधनमा शोक व्यक्त गर्दै परिवारका समवेदना प्रकट गरेका छन् । १७ जुलाईमा उनको स्वाब संकलन गरिएको थियो । अर्को दिन १८ जुलाईमा उनमा कोरोना संकमण पुष्टि भएको थियो । कोरोना रिपोर्ट पोजेटिभ भएपछि उनलाई लखनऊको पीजीआई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । आइतबार बिहान ९ बजेतिर उनको निधन भएको थियो । उनी कानपुरको घाटमपुरकी विधायक थिइन।